
मौसम पूर्वानुमान महाशाखाले आइतवार हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
पहाडी भूभागका केही स्थानहरू र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुँदा मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाइएको छ । महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केही भूभागमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ ।
आइतवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
आइतवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका थोरै स्थानहरू तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका केही स्थानहरू तथा तराई भेगका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
सोमवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । पहाडी भूभागका केही स्थान तथा तराई भेगका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मंगलवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशको पहाडी भू–भागहरूका धेरै स्थानहरू तथा तराई भेगका केही स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मंगलवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।