
आइतबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने तय भएको छ ।
बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्ने तय भएकव् केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसको कार्यसम्पादन समितिका बैठक राखेको हो ।
सो बैठकबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिनुका साथै सत्ता भागबण्डाका बाँकी विषयमा पार्टीको धारणा स्पष्ट गर्ने बताइएको छ ।