२२ जेठ २०८३, शुक्रबार

त्रिविका क्याम्पसहरुमा स्ववियु निर्वाचनको मतदान सुरु

त्रिविका क्याम्पसहरुमा स्ववियु निर्वाचनको मतदान सुरु

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आइतवार निर्धारित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत मतदान सुरु भएको छ । 
मतदान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म चल्ने जनाइएको छ । 

 विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न त्रिविले सबैसँग आग्रह गरेको छ ।  स्ववियु निर्वाचनमा अहिलेसम्म २ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छन् । आइतवार ६० आंगिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो । प्रत्येक २–२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन । विवादका कारण केही क्याम्पसमा भने आज स्ववियु निर्वाचन हुनेछैन । 

salt training

कमेन्ट गर्नुहोस्