![यसरी हुँदैछ बहुप्रतिक्षित स्ववियु निर्वाचन, क्याम्पसमा राजनीतिक चहलपहल [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/335574723_1321347211921523_6920795099797139310_n_7dabG5C033.jpg)
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा १४ वर्षपछि आज आइतवार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । हरेक २/२ वर्षमा हुनुपर्ने निर्वाचन यसपालि लामो समयपछि हुँदैछ ।
विद्यार्थीका लागि बहुप्रतिक्षित निर्वाचनले क्याम्पसमा राजनीतिक चहलपहल देखिएको छ । विद्यार्थीहरू उत्साहित भएर निर्वाचनमा सहभागी भएका छन् ।
केही क्याम्पसमा भने विद्यार्थी संगठनबीचको विवादका कारण चुनाव हुन सकेन ।
काठमाडौंको नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचनको चहलपहल छ ।
हेर्नुहोस् फोटोफिचर –











