२५ जेठ २०८३, सोमबार

२० दिनपछि संसद बैठक बस्दै, सत्य निरुपण विधेयक टेबल गर्ने कार्यसूची

२० दिनपछि संसद बैठक बस्दै, सत्य निरुपण विधेयक टेबल गर्ने कार्यसूची

झण्डै तीन सातापछि आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संसद भवन नयाँ वानेश्वरमा दिउसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग’ तेस्रो संशोधन विधेयक २०७९ पेश गर्ने कार्यसूची छ ।

फाष्ट ट्र्याकबाट पारित गर्नेगरी सरकारले आज प्रतिनिधि सभामा विधेयक टेबुल गर्न लागेको हो । 

सभामुख देवराज घिमिरेले सोमवार बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने जानकारी दिने संसद सचिवालय स्रोतले जानकारी दियो ।

गत फागुन १५ गते बसेर १८ गतेका लागि सारिएको बैठक सूचना मार्फत चैत्र ५ गतेसम्म स्थगित गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्