जेठ २३, २०८०
गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको स्वरमा ‘पान पाते ओठ’ बोलको गीत सार्वजनिक भएको छ । शेर साउदको शब्द र संगीत रहेको यो गीतमा एचबिएन किस्मतको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । गी...
चैत ५, २०७९
अभिनेता एवं मोडल पल शाहले आफ्नो पारिश्रमिक दोब्बर बनाएका छन् । १ वर्षको जेल जीवन बिताएर गत महिना फर्किएका उनले म्युजिक भिडियोको लागि पारिश्रमिक दोब्बर बनाएका हुन् ।
यसअघि डेढ खालसम्म लगानी गरेर उनलाई म्युजिक भिडियोमा अभिनय गराउँदै आएका लगानीकर्ताले अब ३ लाख रूपैयाँ तिर्नुपर्नेछ ।
पल निकट रहेका एक निर्देशकले लोकान्तरसँग भने, –‘उहाँले अब म्युजिक भिडियोमा ३ लाख रूपैयाँ लिने भन्नुभएको छ । पारिश्रमिक बढाएर बरु संख्यामा भन्दा गुणस्तरमा ध्यान दिने उहाँको सोच छ ।’
पलले अब पहिलेजसरी म्युजिक भिडियो नखेल्ने मनस्थिति बनाएको ति निर्देशकले बताए । पलले यसअघि १ देखि डेढ लाख रुपैयाँसम्म पारिश्रमिक लिँदै आएका थिए । संख्यात्मक हिसावले पनि उनका म्युजिक भिडियोहरू एकदमै धेरै आउने गरेका थिए ।
जेल जिवन बिताएर फर्किएसँगै सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका पल छिट्टै म्युजिक भिडियोमार्फत अभिनयमा कमब्याक गर्ने तयारीमा छन् ।
चर्चित गीत ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनमा अभिनय गर्दै उनले कमब्याकको तयारी गरेका हुन् । उक्त गीत पल शाहको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक हुनेछ । गीत रेकर्डिङ भइसकेको बुझिएको छ । यतिबेला उनलाई म्युजिक भिडियो र चलचित्र खेलाउन चाहनेहरूको संख्या ठूलो देखिएको छ ।
पलले म्युजिक भिडियोपछि मात्र चलचित्रमा काम गर्नेछन् ।
गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको स्वरमा ‘पान पाते ओठ’ बोलको गीत सार्वजनिक भएको छ । शेर साउदको शब्द र संगीत रहेको यो गीतमा एचबिएन किस्मतको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । गी...
शुक्रवारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन् । ३ दर्जन बढी फिल्ममध्येबाट १७ वटा फिल्मलाई छनोट गरिएको आयोजक सेलि...
आगामी शुक्रवारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो आयोजना गरिएको छ । काठमाडौंको केएल टावरमा रहेको एफक्युब हलमा आयोजित शोमा उपस्थित अतिीथहरूले चलचि...
काभ्रेको भकुण्डेबेंसीमा दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । शुक्रवार नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामा, आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापक...
लोकप्रिय गायक प्रकाश सपूतले क्यानडामा प्रस्तुति दिने भएका छन् । आफ्नो लोकप्रिय गीत ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा रहेका यी गायकले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपूत&rsqu...
अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् । सामाजिक कथामा बन्न लागेको फिल्मम...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...