२३ जेठ २०८३, शनिबार

‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिबारे रामहरि खतिवडाले संसदमा जनाए विरोध

‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिबारे रामहरि खतिवडाले संसदमा जनाए विरोध

पत्रकारहरू बिक्रीमा छन् भन्ने सभामुख देवराज घिमिरेको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विरोध जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा खतिवडाले व्यवस्थापिका संसदको प्रमुखले दिएको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुग्ने बताएका हुन्। 

‘व्यवस्थापिका प्रमुखले पत्रकार बिक्रीमा छन् भनेर दिएको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेकोबारे सोचिएको छ कि छैन ? ध्यान जाओस’ खतिवडाले भने ।

यसअघि नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको र पीत पत्रकारिता मौलाएको टिप्पणी गरेका थिए । 

सभामुखको अभिव्यक्तिलाई लिएर सञ्चार सम्बद्ध संस्थाले विरोध जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्