२३ जेठ २०८३, शनिबार
भूसालको बढुवा

नेकपा एसको महासचिवमा घनश्याम भूसाल

नेकपा एसको महासचिवमा घनश्याम भूसाल

नेकपा एकीकृत समाजवादीले महासचिव बेदुराम भुसाललाई उपाध्यक्षमा बढुवा गरेको छ ।

उनको ठाउँमा नेता घनश्याम भुसाललाई महासचिव बनाएको छ ।

आज बसेको सचिवालयको बैठकले भुसालद्वयलाई उपाध्यक्ष र महाससचिवमा मनोनित गरिएको जानकारी प्रवक्ता जगन्नाथ खतिवडाले दिए । 

बैठकले सरकारलाई विश्वासको मत दिने, संसदमा सत्ता पक्षमा बस्ने र सरकारमा जानेबारे परामर्श गर्ने निर्णय गरेको जानकारी पनि उनले दिए ।

नेकपा एसले चार उपाध्यक्षलाई सचिवालयमा मनोनित गरेको पनि खतिवडाले जानकारी दिए। 

उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशववल्लव श्रेष्ठ र धर्मनाथ साहलाई सचिवालयमा मनोनित गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्