
कोशी प्रदेश नामकरणको विरोधमा पहिचानवादीहरूले विराटनगरमा गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यासपछि प्रहार गरेको छ।
विराटनगरमा प्रदेश नंं १ को पुनः नामकरण गर्नुपर्ने भन्दै संयुक्त संघर्ष समितिको आयोजनामा केही दिनदेखि प्रदर्शन भइरहेको छ।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न र आन्दोलन दबाउन हवाई फायर गरेको हो।
मुख्यमन्त्री कार्यालयको छेउमा अश्रुग्यास प्रहार गरिएको हो। तर भीडलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन। उल्लेख्य रूपमा मानिसहरू प्रदर्शनस्थलमा आइरहेका छन्।
उक्त संघर्ष कार्यक्रममा गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ थाम्सुहाङलगायत पहिचान पक्षधर नेताहरूको समेत सहभागिता छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले भने विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।