२२ जेठ २०८३, शुक्रबार

प्रचण्डले सोमबार विश्वासको मत लिने सभामुखले सदनलाई गराए जानकारी

प्रचण्डले सोमबार विश्वासको मत लिने सभामुखले सदनलाई गराए जानकारी
फाइल तस्वीर

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विश्वासको मत लिनेबारेमा जानकारी गराइएको छ। 

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतलिनेबारे सदनलाई जानकारी गराएका हुन्।

प्रतिनिधि सभाको अर्को बैठक चैत ६ गते सोमबार १ बजे बस्नेछ । उक्त बैठकमा प्रचण्डले विश्वासको मत लिँदै छन्।

प्रधानमन्त्रीलाई १० दलको मत प्राप्त हुँदा सहजै बहुमत कट्ने देखिएको छ । आजै लोसपा र रास्वपाले उनलाई विश्वासको मत दिने निर्णय गरेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्