३० असार २०८३, मंगलबार

सरकारलाई पीडा सुनाउन सप्तरीदेखि हिँडेरै काठमाडौँ आए मिटरब्याजपीडित

सरकारलाई पीडा सुनाउन सप्तरीदेखि हिँडेरै काठमाडौँ आए मिटरब्याजपीडित

मधेश प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौँको पैदलयात्रामा निस्केका छन् ।

स्थानीयस्तरमा पटकपटक आन्दोलन गर्दा न्याय नपाएको उनीहरूले गुनासो गरेका छन्। ​

पीडक साहु महाजनविरुद्ध चरणबद्ध रूपमा आन्दोलन शुरू गरेका मिटरब्याजपीडित सरकारलाई आफ्ना गुनासा र समस्या सुनाउन भन्दै काठमाडौँसम्म पैदलयात्रामा आएको महोत्तरीका मिटरब्याजपीडित मनोज पासवानले जानकारी दिए। 

उनका अनुसार मिटरब्याजी साहु महाजनले मधेश प्रदेशका आर्थिक अवस्था कमजोर रहेका धेरै मानिसलाई दुःख दिएका र त्यसबाट मुक्ति पाउन अभियान शुरू गरिएको हो ।

सर्लाहीबाट संघर्ष समिति गठन गरेर करिब चार वर्ष पहिलादेखि शुरू मिटरब्याज पीडितको आन्दोलन अहिले मधेश प्रदेशका साथै देशभरका धेरै स्थानमा शुरू भइसकेको छ ।​

स्थानीयस्तरबाट आन्दोलन गर्दा आफ्ना माग नसुनेका कारण पैदलै गएर सरकारलाई आफ्ना समस्या सुनाउन काठमाडौँका लागि पैदलयात्रामा निस्केका मिटरब्याजपीडित पासवानले बताए। 

सप्तरीदेखि पर्सासम्मका मिटरब्याजपीडित एक भएर पैदलै काठमाडौँ आएको सिरहाकी मिटरब्याजीपीडित ममतादेवी रायले बताइन्। 

पीडित रमेश बुढाथोकीका अनुसार यसअघि काठमाडौँमा समेत आन्दोलन भएका र सरकारले मिटरब्याजी पीडितको समस्या समाधानका लागि  पहल गर्ने आश्वासन दिएको भए पनि अहिलेसम्म कुनै प्रकारका ठोस नीति नलिएका कारण मारमा परिएको बताए। 

salt training

कमेन्ट गर्नुहोस्