२२ जेठ २०८३, शुक्रबार

अष्ट्रेलियासँग भारत १० विकेटले पराजित

अष्ट्रेलियासँग भारत १० विकेटले पराजित

भारत भ्रमणमा रहेको अष्ट्रेलियाले शानदार जीत दर्ता गरेको छ ।

तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियाले भारतलाई शर्मनाक १० विकेटको हार चखाएको हो । 

टस जितेर अष्ट्रेलियाले फिल्डिङ रोजेपछि ब्याटिङ  थालेको भारतले टिमको खातामा ३ रन हुँदादेखि नै विकेट गुमाउन थाल्यो । विराट कोहलीले ३१, अक्षर पटेलले २९ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसकेपछि भारत २६ ओभरमा ११७ रनमा समेटियो ।

११८ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले ११ ओभरमै विनाविकेट १० विकेटले नै जीत दर्ता गर्‍यो । 

अष्ट्रेलियाका लागि मिचेल मार्सले ३६ बलमा ६६ र ट्राभिस हेडले ३० बलमा ५१ रनको अविजित पारी खेले । 

भारतलाई सस्तैमा समेट्न माइकल स्टार्कले ५, सिन एब्बोटले ३ र नाथन इलिसले २ विकेट लिए । 

३ सिरिजमा १-१ बराबरी भएको छ । सिरिजको निर्णायक खेल २२ मार्चमा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्