!['कोशी' विरोधमा दिनभर विराटनगर तनावग्रस्त [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/koshi-birodh_CqXxFmLtHt.jpg)
विराटनगर महानगरपालिका आज दिनभर तनावग्रस्त भएको छ।
कोशी प्रदेश नामकरणको विरोधमा पहिचानवादीहरूले विराटनगरमा गरेको प्रदर्शनका क्रममा केही प्रहरीसहित आन्दोलकारीहरू घाइते भए।
निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्न खोजेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो।
प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका ५ ठाउँमा निषेधाज्ञा जारी गरेको थियो । त्यसलाई तोडेर प्रदर्शनकारी बढेपछि प्रहरीले अश्रुग्यास र हवाईफायर गरेको हो । तर पनि उनीहरू पछि हटेनन् ।














