२८ जेठ २०८३, बिहीबार

नवनिर्वाचित उपराष्ट्रपति यादवद्वारा जसपाबाट राजीनामा घोषणा

नवनिर्वाचित उपराष्ट्रपति यादवद्वारा जसपाबाट राजीनामा घोषणा

 नवनिर्वाचित उपराष्ट्रपति राम सहाय प्रसाद यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनी जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उपराष्ट्रपति निर्वाचित 

 भएसँगै उनले जसपाको साधारण सदस्यलगायत सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

उनले अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको राजीनामा पत्रमा चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएसँगै सोही मितिदेखि लागू हुने गरी पार्टीको जिम्मेवारीबाट अलग भएको उल्लेख छ। 

salt training

कमेन्ट गर्नुहोस्