०७ साउन २०८३, बिहीबार

सिद्धार्थ क्याम्पसमा नेविसंघ विजयी

सिद्धार्थ क्याम्पसमा नेविसंघ विजयी

सिद्धार्थ क्याम्पस कपिलवस्तुमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ ।

२०५२ सालयता एमालेनिकट अनेरास्ववियुको जित्दै आएको क्याम्पसमा नेविसंघले अखिलको किल्ला तोडेको हो । 

आइतवार भएको निर्वाचनमा अनेरास्ववियुका सभापति पदका उम्मेदवार अंजित खनाललाई पराजित गर्दै नेविसंघका निलकुमार थारु विजयी भएका हुन् । 

निर्वाचन समितिका प्रमुख गोविन्द खनालका अनुसार थारुले ३७२ मत पाए भने खनालले ३४२ मत ल्याएका छन् । सचिव पदमा अनेरास्ववियुका उम्मेदवार पशुपति गिरी विजयी भएका छन् । गिरीले ४३८ मत प्राप्त गरे ।

नेविसंघका नारायण पौडेलले ३५६ मत पाउँदा अखिल क्रान्तिकारी संयुक्त प्यानलकी वर्षा बन्जाडेले ६१ मत ल्याइन् । कोषाध्यक्षमा नेविसंघका मनोज न्यौपाने विजयी भएका छन् ।

उनले ४३८ मत पाउँदा अनेरास्ववियुकी अप्सरा चौधरी थारुले ३१५ मत ल्याइन् ।

कमेन्ट गर्नुहोस्