३० जेठ २०८३, शनिबार

महाराजगञ्ज नर्सिङ क्याम्पसमा बस्नेत विजयी

महाराजगञ्ज नर्सिङ क्याम्पसमा बस्नेत विजयी

राजधानीको महाराजगञ्ज नर्सिङ क्याम्पसले स्ववियु निर्वाचनबाट  नेतृत्व पाएको छ ।  अनेरास्ववियुकी उम्मेदवार नोबिना बस्नेत स्ववियु सभापतिमा विजयी भएकी हुन् ।  उनले २१७ मत पाइन् भने निकटतम् प्रतिस्पर्धी नेविसंघका धनुष विश्वकर्मालाई १३३ मत प्राप्त भयो । 

त्यस्तै सचिवमा अनेरास्ववियुकै सजिना पन्थ, कोषाध्यक्षमा आयूसमा राय विजयी हुँदा सदस्यहरुमा बिन्जना केसी, सीमा खनाल, मन्जुशा न्यौपाने, अविषा कार्की र कन्चन सापकोटा विजयी भएको निर्वाचन समितिले जनाएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्