
सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वको सत्तारुढ गठबन्धनको प्यानल विजयी भएको छ ।
संयुक्त प्यानलबाट सभापतिमा अभिमनु चौधरी ४४१ मतसहित विजयी भएका छन् । अनेरास्ववियुका गान्दिपप्रसाद बरालले २४९ मत मात्रै पाएका छन् ।

सचिवमा संयुक्त प्यानलकै अनिताकुमारी बुढाथोकी ३५७ मतसहित विजयी भएकी छन् भने अनेरास्ववियुकी रेणु पोखरेलले ३१५ मत मात्रै पाइन् । कोषाध्यक्षमा संयुक्त प्यानलकै एलोज खड्का विजयी भएका छन् ।
सदस्यमा संयुक्त प्यानलकै विवेककुमार दास, अंशु पोखरेल, निर्मल अधिकारी, अनिश खड्का, प्रज्वल माझी, रोहितकुमार कार्की विजयी भएका छन् ।
