×

NIC ASIA

एक त्रासदीपूर्ण युद्ध

इराक युद्धको २० वर्ष : बुशको एउटा झूटबाट शुरू, उल्टो परिणाम दिएर अन्त्य !

चैत ६, २०७९

Prabhu Bank
NTC
File Photo : AP
Premier Steels

अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ । 

Muktinath Bank

तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठहर्‍याउने कोशिश गरेका थिए । तानाशाह सद्दाम हुसेनको शासनबाट इराकी जनतालाई मुक्त गरी उक्त देशमा लोकतन्त्र बहाली गर्ने उद्देश्य पनि अमेरिकाले लिएको उनको भनाइ थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर सद्दाम हुसेनसँग आमविनाशकारी हतियार थियो भन्ने सूचना नै गलत रहेको पछि गएर प्रमाणित भयो । तत्कालीन अमेरिकी रक्षामन्त्री कोलिन पावेलले सन् २००३ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई सम्बोधन गर्ने क्रममा एन्थ्राक्सको रहेको एउटा सिसी देखाउँदै इराकसँग आमविनाशकारी हतियार रहेको विषयमा विश्वलाई विश्वस्त बनाउने कोशिश गरेका थिए । 


Advertisment
Nabil box
Kumari

त्यही आधारमा अमेरिकाले युद्ध थालेको थियो । राष्ट्रपति बुशले सैन्य कारवाही लामो समयसम्म जान सक्ने र कठिन पनि हुने बताएका थिए । हुन पनि उनले भने जस्तै युद्ध लम्बिइरह्यो । 

Vianet communication

सद्दाम हुसेनलाई अपदस्थ गरेमा इराकीहरूले खुला दिलले अमेरिकीहरूलाई स्वागत गर्छन् अनि पश्चिमी शैलीको लोकतन्त्र अपनाउन थाल्छन् भन्ने बुश प्रशासनको अपेक्षा यथार्थपरक थिएन । अधिकांश इराकीहरूलाई हुुसेनको तानाशाही अन्त्य हुँदा खुशी लागेको भए पनि हुसेनका बफादार अलपसंख्यकहरूले सजिलै हार मान्ने स्थिति थिएन । 

इराकमा जटिल जातीय र धार्मिक विभाजन रहेको तथ्यलाई तत्कालीन बुश प्रशासनले राम्ररी अध्ययन नै नगरेको रेस्पोन्सिबल स्टेटक्राफ्टमा इमाइल नाखलेह लेख्छन् । त्यही अध्ययनका कमीका कारण सद्दाम हुसेनको पतनपछि इराकी समाजलाई एकताबद्ध गरी लोकतान्त्रिक बनाउन अमेरिका चुकेको थियो । 

कतिपय विश्लेषकहरू इराकमा रहेको तेलका कारण अमेरिकीहरूले यो युद्ध गरेको पनि बताउँछन् । क्याम्ब्रिज विश्वविद्यालयमा राजनीतिक अर्थशास्त्रकी प्राध्यापक हेलेन टमसनले एक साताअघि अन्हर्ड डट्कममा प्रकाशित गरेको सामग्रीमा उल्लेख भएअनुसार, इराकी कच्चा तेल प्रशोधन गर्न सहज हुन्छ र उससँग कम उपयोग गरिएका तेलका विशाल भण्डारहरू थिए । सद्दाम हुसेन सत्तामा हुन्जेल अमेरिकाले त्यो तेल उपयोग गर्न सम्भव नभएकाले उनलाई हटाउनका लागि युद्ध गरिएको थियो । 

अमेरिकी सेना आठ वर्षसम्म इराकमा रहँदा लगभग ४६ सय अमेरिकी सैनिकहरूले ज्यान गुमाएका थिए । अनि यस विनाशकारी युद्धमा २ लाख ७० हजारभन्दा बढी इराकीहरूको ज्यान गएको तथ्यांक भेटिन्छ । मर्ने इराकीमा अधिकांश सर्वसाधारण नै थिए । 

अमेरिकी सेना आठ वर्षसम्म इराकमा रहँदा लगभग ४६ सय अमेरिकी सैनिकहरूले ज्यान गुमाएका थिए । अनि यस विनाशकारी युद्धमा २ लाख ७० हजारभन्दा बढी इराकीहरूको ज्यान गएको तथ्यांक भेटिन्छ । मर्ने इराकीमा अधिकांश सर्वसाधारण नै थिए । 

अनि इराक युद्धमा अनेकौं युद्ध अपराध तथा मानवताविरुद्धका अपराध पनि भएका थिए । अबु ग्राइबमा अमेरिकी सैनिकहरूले यातनागृह सञ्चालन गरी अनेकौं इराकीहरूलाई चरम यातना दिएर मारेको विषयमा अनेकौं लेख र पुस्तक प्रकाशित भएका छन् । त्यस्तै अमेरिकी कारवाहीमा निर्दोष इराकी सर्वसाधारणको मृत्यु भएको विषयमा पनि सयौं सामग्री उपलब्ध छन् । तर यस्तो कार्यमा संलग्न तथा यसको आदेश दिने उच्च अधिकारीहरूलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतले अहिलेसम्म पक्राउपुर्जी जारी गरेको छैन । 

इराक युद्धमा लगभग २० खर्ब डलर खर्च भएको अमेरिकाको ब्राउन विश्वविद्यालयले गरेको एक अध्ययनले अनुमान गरेको छ । त्यत्तिका रकम खर्च गर्दा अनि लाखौं मानिसको ज्यान लिँदा पनि बुश प्रशासनले भनेको जस्तो अभीष्ट प्राप्त गर्न अमेरिका विफल रहनु आधुनिक इतिहासको ठूलो त्रासदी हो । 

युद्धले सद्दाम हुसेनलाई सत्ताच्युत त गरिदियो तर इराकमा आमविनाशकारी हतियारको जत्था फेला परेन । अनि अमेरिकाले चाहे जस्तो लोकतन्त्र बहाली पनि हुन सकेन । उल्टो, अमेरिकाको शत्रु इरानको वर्चस्व इराकमा बढ्दै गयो । 

नाखलेहका अनुसार, हुसेनको पतनपछि अमेरिकाले इराकी सेनालाई भंग गर्ने निर्णय लियो । त्यस मूर्खतापूर्ण निर्णयका कारण लगभग ४ लाख इराकीहरू आयस्रोतबाट वञ्चित भए । युद्धको तालिम लिएका अनि बेरोजगारीका कारण आक्रोशित रहेका त्यति धेरै मानिस समाजमा हुनु निकै खतरनाक स्थिति थियो । 

इराकी सेना मात्र नभई सद्दाम हुसेनको बाथ पार्टीलाई तहसनहस बनाउनु पनि बुश प्रशासनको भूल भएको विश्लेषकहरूको भनाइ छ । इराकी समाजमा बाथ पार्टी सबै कुराको केन्द्रमा रहेको थियो । इराकमा सद्दाम शासनको मेरुदण्ड नै बाथ पार्टी थियो र कुनै पनि जागिर पाउनका लागि बाथ पार्टीको सदस्यता अनिवार्य थियो । पार्टीको सदस्य हुनेबित्तिकै त्यसको बफादार भएको मानिँदैनथियो तर जीविकोपार्जनका लागि सदस्यता अनिवार्य थियो । 

दोस्रो विश्वयुद्धपछि जर्मनीमा गरिएको नाजीविहीनीकरण सफल भएजस्तै इराकमा बाथ पार्टीविहीनीकरण पनि सफल होला भन्ने बुश प्रशासनका अधिकारीहरूले अपेक्षा गरेका थिए । तर बाथ पार्टीको सदस्य भएकैले रोजगारी पाएकाहरू बाथ पार्टी भंग गरिँदा बेरोजगार भए । बेरोजगार बनाइएका अनि अपमानित गरिएका सुन्नी मुसलमान इराकीहरू अमेरिकाको विरोधमा सडकमा आएको मात्र नभई अस्त्रशस्त्रले सुसज्जित भई विद्रोहमा पनि सहभागी बनेका थिए । उनीहरूको आक्रमणलाई प्रतिकार गर्नका लागि पनि अमेरिकी सेना इराकमा लामो समय बसिरहनुपरेको थियो । 

हुन पनि अमेरिकाको गलत निर्णयले गर्दा इराकमा सशस्त्र विद्रोहको लहर चल्न थाल्यो । प्रत्येक दिन बम विस्फोट तथा गोलीबारीमा दर्जनौं मानिसको मृत्यु हुनु सामान्य मानिन थालियो । इस्लामिक स्टेट जस्तो आतंकवादी समूहको जन्म पनि यिनै असन्तुष्ट सशस्त्र विद्रोहीहरूले गराए । 

सद्दाम हुसेनले कठोर शासन चलाएर सबै किसिमका विद्रोही र जिहादीहरूलाई नियन्त्रणमा राखेका थिए । तर उनी नै नभएपछि फुक्काफालको स्थिति आयो अनि अन्य मुलुकका कट्टर जिहादीहरू पनि इराकमा आएर गृहयुद्धमा सहभागी बने । 

यस युद्धका कारण इराकको राजनीति, अर्थतन्त्र र समाज त ध्वस्त भयो नै । त्यसबाहेक जिहादीहरूको आकर्षणको थलो बनेर इराक आतंकवादको केन्द्र समेत बन्न पुग्यो । सेप्टेम्बर ११ मा न्युयोर्कको ट्विन टावरमा गरिएको आतंकवादी आक्रमणपछि आतंकवादविरुद्ध युद्धको शुरूआत गरेको अमेरिकाले आतंकवादलाई रोक्नुको साटो इराक युद्धमार्फत थप मलजल गरेको घटनाक्रमहरूले पुष्टि गरेका छन् ।  

बुश प्रशासनका उच्च अधिकारीहरूले इराकमा सत्तापरिवर्तन गर्दा उक्त देश अमेरिकाको साझेदार बनिहाल्छ भन्ने सोच राखेका थिए । अनि आफूअनुकूलको शासक इराकमा भएपछि इरानविरुद्ध भूरणनीतिक अग्रता पनि प्राप्त हुने बुश प्रशासनको सोच थियो । इरानको एक छिमेकी अफगानिस्तानमा अमेरिकी उपस्थिति छँदै थियो भने अर्को छिमेकी इराकमा पनि अमेरिका रहँदा इरानलाई घेराबन्दी गरी झुकाउन सकिने अमेरिकी अधिकारीहरू विश्वास गर्थे । 

अमेरिकाले इराकमाथि आक्रमण गर्दा सबभन्दा ठूलो फाइदा इरानलाई भयो । अमेरिकी आक्रमणका कारण इराकमा आएको शक्ति शून्यतालाई इरानले भर्ने काम गरेको विश्लेषकहरू बताउँछन् । इराक कमजोर भएकै कारण इरानको आणविक हतियार निर्माणको महत्त्वाकांक्षामा अमेरिकाले लगाम लगाउन नसकेको तर्क गर्ने विश्लेषणहरू पनि पाइन्छन् । 

तर अमेरिकाको दाउ उल्टो पर्न गयो । अमेरिकाले इराकमाथि आक्रमण गर्दा सबभन्दा ठूलो फाइदा इरानलाई भयो । अमेरिकी आक्रमणका कारण इराकमा आएको शक्ति शून्यतालाई इरानले भर्ने काम गरेको विश्लेषकहरू बताउँछन् । इराक कमजोर भएकै कारण इरानको आणविक हतियार निर्माणको महत्त्वाकांक्षामा अमेरिकाले लगाम लगाउन नसकेको तर्क गर्ने विश्लेषणहरू पनि पाइन्छन् । 

अहिले इराकको राजनीतिक प्रणाली तथा अर्थतन्त्रमा इरानले अरूको भन्दा बढी पहुँच पाएको अनि अमेरिका चाहिँ सामान्य खेलाडीमा घटुवा भएको दी इन्टरसेप्टका मुर्तजा हुसेन लेख्छन् । उनका अनुसार, इराकीहरू चरम विभाजित छन् भने त्यहाँका राजनीतिक सम्भ्रान्तहरू इरानका निकटवर्ती साझेदार बनेका छन् । 

इरानी अधिकारीहरूले आफूलाई मन परेका इराकी राजनीतिकर्मीलाई सरकारको महत्त्वपूर्ण पदमा बढुवा गर्ने गरेका छन् । आफ्नो आर्थिक तथा राजनीतिक स्वार्थको संरक्षणका लागि इरानले यसरी इराकको आन्तरिक राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गर्ने गरेको छ । 

अनि इराक युद्धपछि नै अमेरिकाको एकध्रुवीय प्रभुत्व क्रमशः ओरालो लाग्दै गएको ग्लोबल टाइम्ससँग कुरा गर्दै चिनियाँ विश्लेषक चु वेली बताउँछन् । हुन पनि एक झूटको आधारमा विनाशकारी युद्ध शुरू गरेको कुरा खुलासा भएपछि अमेरिकाको सफ्ट पावरमा धक्का लाग्नु स्वाभाविक पनि हो । 

त्यसैले अमेरिकाको भर नपरी आपसमा मैत्री गर्दै क्षेत्रीय शान्ति बहाल गर्न सकिने सोच पश्चिम एसियाका मुलुकहरूले बनाउन थालेका छन् । इरान र साउदी अरबबीच चीनको मध्यस्थतामा भएको कूटनीतिक सम्बन्ध पुनर्बहाली त्यसैको परिणाम हो । 

इराक, अफगानिस्तान, लिबिया तथा अन्य मुलुकमा अमेरिका र उसका साझेदारहरूले गरेको युद्ध पश्चिमी विश्व व्यवस्थाको सर्वोच्च प्रभुत्वलाई अक्षुण्ण राख्ने प्रयासस्वरूप शुरू गरिएका थिए । तर ती युद्धहरूले पश्चिमको प्रभुत्वलाई क्रमशः कमजोर बनाउँदै लगे अनि चीन महाशक्तिका रूपमा उदायो । 

न्यायपूर्ण तथा समतामूलक बहुध्रुवीय विश्व व्यवस्था बन्ने दिशामा अमेरिकाले गरेका यिनै गलत निर्णयहरूको पनि योगदान छ । तर अमेरिकी युद्धका कारण इराक तथा अन्य मुलुकले बेहोर्नुपरेको जनधनको क्षतिको भरपाई अहिलेसम्म हुन सकेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x