×

Nic Asia
Prabhu Bank

उपनिर्वाचन

तनहुँ- १ र बारा- २ मा पनि वैशाख १० गते नै उपनिर्वाचन हुने [विज्ञप्तिसहित]

चैत ६, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ- १ र बारा - २ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ ।

yONNEX
Frooti
Appy

वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी समय समेत निर्धारण गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाएका छन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

'निर्वाचन आयोगको आज मिति २०७९ चैत ६ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्नुका साथै उक्त दिन बिहान ७:०० बजेदेखि बेलुका ५:०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको छ,' आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


Advertisment
Lokantar App
Saurya island

राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको सांसद पद स्वतः रिक्त हुने व्यवस्थाबमोजिम उपनिर्वाचन गर्न लागिएको हो ।

JYOTI
Vianet communication

तनहुँ- १ का निवर्तमान सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा- २ का निवर्तमान सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रमबमोजिम नै हुने व्यवस्था गरिएको छ ।

रास्वपा सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसद पद गुमाएपछि चितवन- २ मा पनि आगामी वैशाख १० मा निर्वाचन हुने गरी मिति तोकिएको छ ।

आयोगका अनुसार २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनका निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

त्यसैगरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।

उक्त उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई मिति २०७९ चैत ८ गतेदेखि मिति २०७९ चैत १२ गतेसम्म नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्ने समय उपलब्ध गराउने गरी दल दर्ताको सूचना जारी आयोगले जनाएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :

null

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २१, २०८०

पाल्पामा आइतवार साँझ जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।​ मृतक दुई जना महिला र एक जना पुरुष रहेको भए पनि उनीहरूको पहिचान खुलेको छैन । बुटवलबाट अर्घाखाँचीको ...

जेठ २१, २०८०

नक्कली शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट ९ जना सरकारी वकिलहरूले बहस गर्ने भएका छन् । ​आइतवारदेखि काठमाडौं जिल्ला अदालतमा शुरू भएको थुनछेक बहसमा सरकारी वकिलको कार्यालयका तर्फबाट ९ जन...

जेठ २२, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– लामो समयदेखि समाधान हुन नसकेको नागरिकताको विवाद थप गिजोलिन प...

जेठ २१, २०८०

निर्माण व्यवसायीहरूले आगामी असार ४ गतेभित्र सरकारले सबै आयोजनाहरूको म्याद थप नगरे निर्माणसम्बन्धि सबै कामहरू ठप्प पार्ने चेतावनी दिएका छन् ।  नेपाल निर्माण व्यवसायी महासंघले आइतवार काठमाडौंमा पत्रकार सम्...

जेठ २१, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफ...

जेठ २१, २०८०

सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले विधेयकलाई तत्काल यथास्थनमा राख्न अल्पकालीन अन्तरिम आदेश दिए...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x