०८ साउन २०८३, शुक्रबार

मोदीले जापानका प्रधानमन्त्रीलाई दिए चन्दनको बुद्ध प्रतिमा उपहार

चैत ६, २०७९
मोदीले जापानका प्रधानमन्त्रीलाई दिए चन्दनको बुद्ध प्रतिमा उपहार

जापानका प्रधानमन्त्री फुमिओ किशिदा अहिले भारत भ्रमणमा छन् । 

त्यसक्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीको हैदराबाद हाउसमा भेटघाट गरेका छन् । भेटघाटकै क्रममा मोदीले किशिदालाई जालीको बाकसमा राखिएको चन्दनको बुद्ध प्रतिमा उपहार दिएका छन् । 

चन्दनको काठबाट बनेको अनि जटिल कलाकारिता भएको यस्तो प्रतिमा शताब्दियौंदेसख कर्नाटकमा बनाइँदै आएको छ । यसमा सुगन्धित चन्दनका खण्डहरूमा जटिल कलाकृति कुँदिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्