०९ साउन २०८३, शनिबार

चीनका राष्ट्रपति सी पुगे मस्को

चैत ६, २०७९
चीनका राष्ट्रपति सी पुगे मस्को

चीनका राष्ट्रपति सी चिनपिङ सोमवार रुसको राजधानी मस्को पुगेका छन् । 

तीनदिने राजकीय भ्रमणका क्रममा उनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटघाट गर्नेछन् । 

शिखरबैठकमा दुवै पक्षले ऊर्जा तथा सैन्य क्षेत्रमा रणनीतिक सहकार्यका विषयमा चर्चा गर्नेछन् । अनि युक्रेन द्वन्द्वका बारेमा पनि उनीहरूले कुराकानी गर्नेछन् । 

भनुकोभो विमानस्थलमा अवतरण गरेपछि सी रुसमा पुनः आउँदा खुशी लागेको बताए । बेइजिङ र मस्कोबीचको सुुसम्बन्धका विषयमा पनि उनले जोड दिए । यस सम्बन्धको महत्त्व दुई देशका लागि मात्र नभई बृहत्तर अन्तर्राष्ट्रिय समुदायका लागि रहेको उनको भनाइ छ । 

आज सीले पुटिनसँग अनौपचारिक भेटघाट गर्नेछन् । 

मुख्य वार्ता मंगलवार हुनेछ । भोलि नै रुसी र चिनियाँ प्रतिनिधिमण्डलले विस्तारिक फर्म्याटमा वार्ता गर्नेछन् । 

द्विपक्षीय सहकार्यको उल्लेख गर्दै मस्को र बेइजिङले एक दर्जन दस्तावेजमा हस्ताक्षर गर्ने कार्यक्रम छ । उनीहरूले दुई प्रमुख संयुक्त बयान पनि जारी गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्