२० असार २०८३, शनिबार

केही स्थानमा मेघगर्जनसहित वर्षा हुँदै, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

केही स्थानमा मेघगर्जनसहित वर्षा हुँदै, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह
प्रतिकात्मक तस्वीर

देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले मंगलवार बिहान बुलेटिन जारी गर्दै मेघगर्जन, चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको र हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

मंगलवार दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधवार राति पहाडी भूभागका १–२ स्थानहरूमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीवार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ । पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीवार राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्