२४ असार २०८३, बुधबार

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक मंगलबार बस्दैछ । 

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा बैठक यही  मङ्गलबार बस्ने गरी तय गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । 

उनका अनुसार विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । जसपाले विधान संशोधनका लागि विधेयक तयार गरिसकेको जनाएको छ । 

चैत १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन पनि दिइसकिएको थापाले जानकारी दिए । जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्