२९ असार २०८३, सोमबार

जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : केपी ओली

जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : केपी ओली
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रंगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिक रूपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन् ।

मंगलवार ५८औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जातिय छुवाछूत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताए ।

‘कानूनी रूपमा बर्जित भएपनि छुवाछूत जस्तो अमानवीय प्रथा पूर्णरूपमा अन्त्य हुनसकेको छैन । यसलाई तोडनका लागि समाजका सवै तप्काबाट जागरण अभियान चलाउनु आवश्यक रहेको छ,’ उनीद्वारा जारी सन्देशमा भनिएको छ । उनले पार्टीले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रूपमा आत्मसात गरेको समेत बताएका छन् ।

अध्यक्ष ओलीले एमाले जात, जाति, वर्ग, वर्ण, लिङ्ग, धर्म, सस्कृति लगायतका आधारमा गरिने विभेद र शोषणको विरुद्ध लड्दै आएको पार्टी रहेको उल्लेख गर्दै एमालेको सरकारले छुवाछूतबाट पीडित र प्रताडितको आर्थिक सवलीकरण र समाजिक मर्यादाका लागि नीतिगत सुधारमा नेतृत्वदायी भूमिका खेलेको बताए ।

‘आवासविहीन दलित र भूमिहिनका लागि आवास र भूमिको व्यवस्था गर्ने काम एमालेको सरकारले अघि बढाएको थियो,’ सन्देशमा उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न जातीय आधारमा हुने सबै प्रकारका विभेद, कुरीति, अन्धविश्वास अपराध, बहिष्करण, वञ्चितीकरण र हिंसा अन्त्य गर्नुपर्दछ ।’

salt training

कमेन्ट गर्नुहोस्