
गोर्खा र लमजुङका स्थानीय लाभान्वित हुने पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति गर्न प्रधानमन्त्रीसहितको टोली लर्को लागेर गोरखा पुगेका छन्।
उक्त सडक आज (मंगलबार) शिलान्यास गरिएको हो।
पालुङटार नगरपालिकाको विमिरेमा हुने शिलान्यासका लागि प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि गोरखा पुगेका हुन्।
पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुने जनाइएको छ।
भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा बन्न लागेको सडकको लागत ८० करोड रुपैयाँ रहेको छ।


