०३ असार २०८३, बुधबार

समीक्षासँगको युगल स्वरमा रामचन्द्रले ल्याए प्रेम विरहको गीत

समीक्षासँगको युगल स्वरमा रामचन्द्रले ल्याए प्रेम विरहको गीत

गायक रामचन्द्र चन्दले नयाँ गीत सार्वजनिक गरेका छन् ।

समीक्षा अधिकारीसँगको युगल स्वरमा उनले ‘घाँटी रेट्नलाई’ बोलको गीत ल्याएका हुन् ।

यो प्रेम विरहको गीतको शब्द प्रकाश न्यौपानेले कोरेका हुन् । नन्दु परियारको संगीत रहेको गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ । 

सिर्जन बराल (ऋषि)को कथा एवं निर्देशनमा तयार भिडियोमा जीबी चिरन र यशु भट्टराईको अभिनय छ ।

अञ्जना दुलाल, रोयल प्रिन्स सिंह लगायतको समेत अभिनय रहेको भिडियोलाई राम केसीले छायाँकन, अमृत चागागाईँले सम्पादन गरेका हुन् ।

गायक चन्दले आफ्नै ‘रामचन्द्र चन्द’ युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्