३१ असार २०८३, बुधबार

सीले पुटिनलाई दिए बेइजिङ आउने निम्तो

चैत ७, २०७९
सीले पुटिनलाई दिए बेइजिङ आउने निम्तो

चीनका राष्ट्रपति सी चिनपिङले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई बेइजिङ आउने निम्तो दिएका छन् । 

तीन दिने भ्रमणमा मस्को पुगेका सीले सोमवार पुटिनसँगको साढे चार घन्टाको कुराकानीका क्रममा पुटिनलाई बेइजिङ आउने निम्तो दिएका हुन् । 

कुराकानीकै सिलसिलामा सीले अन्तर्राष्ट्रिय कानूनमा आधारित विश्व व्यवस्थाको रखवाली गर्ने बताए । 

बेइजिङले मस्कोलाई समर्थन गरेको संकेतका रूपमा सीको तीन दिने भ्रमण भएको पश्चिमी सञ्चारमाध्यमहरूले व्याख्या गरेका छन् । 

युक्रेन युद्ध अन्त्य गर्नका लागि चीनले पहल थालेकोमा पुृटिनसँग सीले त्यस विषयमा पनि कुरा गरेको बताइएको छ ।

आफूहरू सम्झौताका लागि सधैं खुला रहेको पुटिनले सीलाई बताए । उनले युक्रेन संकट समाधानमा चीनले ल्याएको योजनाको स्वागत पनि गरे । 

आज चीन र रुसका प्रतिनिधिहरूबीच औपचारिक वार्ता हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्