२३ जेठ २०८३, शनिबार

प्रचण्ड र देउवासँग वर्षमानको फोन संवादः सहकार्य कसिलो बनाएर जनपक्षीय काम गर्न सुझाव

प्रचण्ड र देउवासँग वर्षमानको फोन संवादः सहकार्य कसिलो बनाएर जनपक्षीय काम गर्न सुझाव

चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद् गरेका छन् ।

पुनले प्रचण्डसँग सोमबार र देउवासँग मंगलबार संवाद गरेको उनको सचिवालयले जनाएको छ ।

नेता पुनले संसदका झण्डै दुई तिहाई सदस्यले विश्वासको मत दिएकामा प्रधानमन्त्रीलाई बधाई दिए । दुवै नेतासँग उनले राजनीतिक स्थायित्व, संविधानको रक्षा तथा जनआकांक्षाअनुसार सुशासन, विकास र रोगजारी श्रृजना गर्ने गरी सरकार र सत्ता गठबन्धन अघि बढ्नुपर्ने बताए ।

‘को प्रधानमन्त्री र को मन्त्री बन्न भन्ने कुरासँग जनतालाई त्यति धेरै चासो छैन’, पुनले भने, ‘व्यवस्था परिवर्तनका लागि राजनीतिक नेतृत्वलाई साथ दिएका जनता अर्थतन्त्रका सुधार तथा सुशासन, विकास, रोजगारी र आफ्नो अवस्थामा परिवर्तन चाहन्छन् ।’

देउवासँग पुनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै एजेण्डा लिएर जनतामा गएका दलहरू एकै ठाउँ बस्ने वातावरण बन्नुले जनमतको सम्मान भएको भन्दै खुशी व्यक्त गरे । उनले प्रमुख २ नेता गठबन्धनका दलहरू मिलेर आगामी पाँच वर्षसम्म सहकार्य गर्नुपर्ने उल्लेख गरे ।

‘हामीसँगै भएपछि चुनावमा गठबन्धन दललाई मत दिएका मतदाताको सम्मान भएको छ’, पुनले देउवालाई भने, ‘यसलाई सफला पार्न २ नेता र पार्टीले देश र जनातको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सहकार्य कसिलो कसिलो बनाएर अगिाडि जानुपर्‍यो ।’

जवाफमा देउवाले गठबन्धन ५ वर्षसम्म टिक्नेमा आफूहरूले आश्वस्त तुल्याउने बताए ।

‘ढुक्कले यो गठबन्धन ५ वर्ष जान्छ । तपाईंहरू नआत्तिनुस् । हामी दुई नेताबीच आपसमा विश्वासको वातावरण बनाउँछौं’, देउवाले भने । प्रचण्ड र देउवा दुवैले पुनको स्वास्थ्यलाभको कामना गर्दै छिट्टै निको भएर फर्कन भनेका छन् । 

स्वास्थ्यमा चामत्कारिक सुधार

पुन जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन व्यथा बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए ।

४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट निर्वाचित पुन अस्वस्थताका कारण मतदातासमक्ष मत माग्नसमेत जान सकेका थिएनन् ।

उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भइरहेको छ । पारिवारिक श्रोतका अनुसार पुनको स्वास्थ्यमा चमत्कारिक सुधार भएको छ । उनको शरीरमा जण्डिशको मात्रा (बिलरुबिन) ४० बाट घटेर ३.५ बिन्दुमा झरेको छ ।

सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरू बताउँछन् ।

तर, पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुने गरेको छ । स्वास्थ्यमा चामत्कारिक सुधार भइरहे पनि चिकित्सकले बिलरुबिनको मात्रा २ बिन्दुमा झारेपछि मात्र नेपाल फर्कन भनेको परिवारका सदस्यहरूले जानकारी दिएका छन् ।

पुनको साथमा पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती छिन् ।

salt training

कमेन्ट गर्नुहोस्