![‘दोलखामा जिरी’मा गीतासँग मायाप्रेमका कुरा गर्दै सुजन [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Dolakhama_jiri_20XyW97OW2.jpg)
‘दोलखामा जिरी’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ ।
मंगलवार सार्वजनिक यो गीतमा डि.आर सुजन र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् ।
विमला हुमागाइँ (बोधश्री)को शब्द रहेको गीतमा गायक सुजन स्वयंमकै संगीत र कृष्ण बि.क.को संगीत संयोजन छ ।
स्मृति तिमिल्सिनाको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा गायक सुजनसँगै मोडल गीता ढुंगानाको अभिनय एवं नृत्य छ ।
प्रेमिल जोडीको एकअर्काबीचको मायाप्रेमको कुरालाई गीत र भिडियोमा पेस छ ।
अजय रेग्मी र उनको टिमको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन एवं कलर गरेका हुन् ।
‘बोध अनलाइन टिभी’ युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ ।