०३ असार २०८३, बुधबार

इन्डोनेसियाको पश्चिमी जाभामा पहिरोमा परी दुई जनाको मृत्यु

चैत ७, २०७९
इन्डोनेसियाको पश्चिमी जाभामा पहिरोमा परी दुई जनाको मृत्यु

इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको बोगोर जिल्लामा भारी वर्षाका कारण आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । चिया बगानले घेरिएको लोकप्रिय पहाडी रिसोर्ट पुनकाकमा सोमबार दिउँसो उक्त दुर्घटना भएको हो ।

जिल्लाको विपद् न्यूनीकरण एजेन्सीका एरिस नुरजात्मिकोले भारी वर्षाका कारण ती व्यक्तिहरूले नजिकैको अस्थायी पसलमा शरण लिएको बताएका छन् । 
स्थानीय अधिकारीहरूले उक्त क्षेत्रको माटो अझै अस्तव्यस्त भएकाले उक्त स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेका छन्। वर्षायाममा इन्डोनेसियामा बाढी र पहिरो जस्ता प्रकोपहरू प्रायः हुने गर्दछ।

salt training

कमेन्ट गर्नुहोस्