१९ असार २०८३, शुक्रबार

अफगानिस्तानको शक्तिशाली भूकम्पले भारतसहितका देश प्रभावित

अफगानिस्तानको शक्तिशाली भूकम्पले भारतसहितका देश प्रभावित

मंगलबार राति अफगानिस्तान केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का भारतसहित विभिन्न देशमा महसुश भएको समाचारहरुमा जनाइएको छ। 

इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले भारतसहित तुर्कुमेनिस्तान, काजकिस्तान, पाकिस्तान, खाजकिस्तान, उज्वेकिस्तान, चीन, किर्गिकिस्थानलगातका देशमा भूकम्प महसुश भएको जनाएको छ । भूकम्पको तीव्रता ६.६ म्याग्निच्युडको रहेको र दिल्लीसहित उत्तर भारतका कैयन स्थानमा कडा धक्का महसुश भएको समाचारमा उल्लेख छ । 
भूकम्पपछि सर्वसाधारण घरबाहिर भागाभाग गरेको फुटेजहरु सामाजिक सञ्जालमा देखिएका छन्  धक्का केही सेकेण्डसम्म महसुश भएको बताइएको छ । 

यस्तै भारतीय मिडिया दैनिक भास्करले अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको लेखेको छ । भूकम्पबाट भएको क्षतिबारे अहिलेसम्म कुनै जानकारी नआएपनि पाकिस्तान, अफगानिस्तान र भारतका कैयन प्रभावित भएको आशंका गरिएको छ । 
भारतीय भूकम्प मापन केन्द्रले राति १० बजेर १७ मिनेटको गएको जानकारी गराएको छ । शक्तिशाली भूकम्पपछि पटक पटक पराकम्प आउन सक्ने भन्दै भारतीय अधिकारीहरुले सक्दो सुरक्षित रहन आग्रह गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्