चीनका राष्ट्रपति सी चिनपिङ तीन दिने भ्रमण सकेर मस्कोबाट बुधवार उडेका छन् ।
सीको भ्रमणले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई निकै आडभरोसा दिएको छ । पश्चिमी जगतले पुटिनलाई एक्लयाउन कोशिश गरेको भए पनि सीले काँध थापिदिएका छन् ।
सोमवार र मंगलवार भएका कुराकानीमा पुटिन र सीले संयुक्त घोषणा गर्दै रणनीतिक सहकार्य बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । उनीहरूले ऊर्जा, उच्च प्रविधिका उद्योग तथा अन्य क्षेत्रमा सहकार्य बढाउने पनि बताए ।
पश्चिमप्रतिको निर्भरता घटाउनका लागि आपसी कारोबारमा एकअर्काको मुद्रा उपयोग गर्ने विषयमा पनि उनीहरूको सहमति बन्यो ।
सैन्य सहकार्य बढाउँदै संयुक्त रूपमा समुद्र तथा आकाशमा थप गश्ती गर्ने सहमति पनि उनीहरूले गरेका छन् ।