×

NMB BANK
NIC ASIA

दराजको वार्षिक 'दराज सेलर समिट २०२३' आयोजना

चैत ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको अग्रणी अनलाइन ई-कमर्स प्लेटफर्म, दराज नेपालले यसवर्षको दराज सेलर समिट मार्च १९ २०२३ मा आयोजना गरेको छ ।

Muktinath Bank

कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य एजेन्डा दराजको सबै बिक्रेताहरूलाई उनीहरूको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गर्नु हो |


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी, यस इभेन्ट दराजको एक अवार्ड तथा बिक्रेताहरूसँग अभिवादन प्रकट गर्ने समारोह पनि थियो।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा आ–आफ्नो क्षेत्रका विज्ञहरूले विभिन्न मन्तव्यहरू समावेश गरेका थिए ।

Vianet communication
Laxmi Bank

मधु कुमार मरासिनी (सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय), दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवर, शेखर गोल्छा (FNCCI का अध्यक्ष) र साथमा दीपकराज जोशी, रामचन्द्र तिवारी, प्रवीण रुक्षन, होमनाथ भट्टराई, भेषबहादुर कुँवर, लक्ष्मण हुमागाई, शंकरसिंह धामी, सुदेश उपाध्याय, गोविन्द घिमिरे र सुनिता कायस्थ  विशेष अतिथिको रूपमा यस इभेन्टमा उपस्थित भएका थिए |

समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनीले नेपालको ई-कमर्स उद्योग र यसको आगामी सम्भावनाहरूलाई समावेश गर्दै केही शब्द राखेका थिए। 

त्यसैगरी दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले उपस्थित व्यक्तित्वहरूलाई सम्बोधन गर्दै, कम्पनीले गत वर्षमा गरेका उपलब्धिहरू, भावी वर्षको लागि दृष्टिकोण, र वाणिज्य शक्तिको माध्यमबाट समुदायको उत्थान गर्न कम्पनीको प्रयासलाई हाइलाइट गरेकी थिइन्।

उनले यस इभेन्टमार्फत दराज परिवर्तनका लागि एक सक्रिय च्यानल हुन चाहेको कुराहरू व्यक्त गरेकी थिइन्।  ​

यसबाहेक शेखर गोल्छाले नेपालको ईकमर्स र डिजिटल अर्थतन्त्र, यसका फाइदा र बेफाइदाका साथै नेपालको ई-कमर्स उद्योगको लागि आगामी दशक कस्तो रहने छ भन्नेबारे आफ्ना विचार र दृष्टिकोणहरू साझा गरेका थिए।

त्यस्तै दराजको प्रमुख कार्यकारी अधिकृत विमल अर्यालले विगत केही वर्षमा दराजले सञ्चालनको दृष्टिकोणबाट गरेका सुधारहरूको बारेमा पनि बोलेका थिए।

साथै युनिसेफ आपतकालीन विशेषज्ञ सुनिता कायस्थले पनि केही शब्दहरू प्रस्तुत गरेकी थिइन् भने एनएमबी बैंकका डीसीईओ गोविन्द घिमिरेले दराज बिक्रेताहरूले अब बैंकबाट Collateral Free Loan हरू प्राप्त गर्न सक्नेछन् भन्ने कुराहरू जानकारी पनि दिए। 

कार्यक्रमको समापनमा एक अवार्ड समारोह राखिएको थियो जहाँ गत वर्षका उत्कृष्ट बिक्रेताहरूलाई विशेष ट्रफी तथा १०,००० बराबरको दराज भौचर प्रदान गरिएको थियो ।

त्यसैगरी होस्ट रिजेश राजकर्णिकार र रिया श्रेष्ठले कार्यक्रममा आएका सबै प्रमुख अतिथि, वक्ता, बिक्रेता र साझेदारहरू (युनिसेफ, एनएमबी बैंक, वर्ल्डलिंक, कासा) लाई आयोजकको तर्फबाट आभार व्यक्त क्त गरेका थिए। 

दराजले आफ्ना बिक्रेता र ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवाहरू प्रदान गर्न जारी राख्ने प्रतिबद्धतालाई पुन: पुष्टि गर्दै कार्यक्रम समापन गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

कात्तिक २५, २०८०

नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो ...

पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x