
नेपालको अग्रणी अनलाइन ई-कमर्स प्लेटफर्म, दराज नेपालले यसवर्षको दराज सेलर समिट मार्च १९ २०२३ मा आयोजना गरेको छ ।
कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य एजेन्डा दराजको सबै बिक्रेताहरूलाई उनीहरूको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गर्नु हो |
त्यसैगरी, यस इभेन्ट दराजको एक अवार्ड तथा बिक्रेताहरूसँग अभिवादन प्रकट गर्ने समारोह पनि थियो।
कार्यक्रममा आ–आफ्नो क्षेत्रका विज्ञहरूले विभिन्न मन्तव्यहरू समावेश गरेका थिए ।
मधु कुमार मरासिनी (सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय), दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवर, शेखर गोल्छा (FNCCI का अध्यक्ष) र साथमा दीपकराज जोशी, रामचन्द्र तिवारी, प्रवीण रुक्षन, होमनाथ भट्टराई, भेषबहादुर कुँवर, लक्ष्मण हुमागाई, शंकरसिंह धामी, सुदेश उपाध्याय, गोविन्द घिमिरे र सुनिता कायस्थ विशेष अतिथिको रूपमा यस इभेन्टमा उपस्थित भएका थिए |
समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनीले नेपालको ई-कमर्स उद्योग र यसको आगामी सम्भावनाहरूलाई समावेश गर्दै केही शब्द राखेका थिए।
त्यसैगरी दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले उपस्थित व्यक्तित्वहरूलाई सम्बोधन गर्दै, कम्पनीले गत वर्षमा गरेका उपलब्धिहरू, भावी वर्षको लागि दृष्टिकोण, र वाणिज्य शक्तिको माध्यमबाट समुदायको उत्थान गर्न कम्पनीको प्रयासलाई हाइलाइट गरेकी थिइन्।
उनले यस इभेन्टमार्फत दराज परिवर्तनका लागि एक सक्रिय च्यानल हुन चाहेको कुराहरू व्यक्त गरेकी थिइन्।
यसबाहेक शेखर गोल्छाले नेपालको ईकमर्स र डिजिटल अर्थतन्त्र, यसका फाइदा र बेफाइदाका साथै नेपालको ई-कमर्स उद्योगको लागि आगामी दशक कस्तो रहने छ भन्नेबारे आफ्ना विचार र दृष्टिकोणहरू साझा गरेका थिए।
त्यस्तै दराजको प्रमुख कार्यकारी अधिकृत विमल अर्यालले विगत केही वर्षमा दराजले सञ्चालनको दृष्टिकोणबाट गरेका सुधारहरूको बारेमा पनि बोलेका थिए।
साथै युनिसेफ आपतकालीन विशेषज्ञ सुनिता कायस्थले पनि केही शब्दहरू प्रस्तुत गरेकी थिइन् भने एनएमबी बैंकका डीसीईओ गोविन्द घिमिरेले दराज बिक्रेताहरूले अब बैंकबाट Collateral Free Loan हरू प्राप्त गर्न सक्नेछन् भन्ने कुराहरू जानकारी पनि दिए।
कार्यक्रमको समापनमा एक अवार्ड समारोह राखिएको थियो जहाँ गत वर्षका उत्कृष्ट बिक्रेताहरूलाई विशेष ट्रफी तथा १०,००० बराबरको दराज भौचर प्रदान गरिएको थियो ।
त्यसैगरी होस्ट रिजेश राजकर्णिकार र रिया श्रेष्ठले कार्यक्रममा आएका सबै प्रमुख अतिथि, वक्ता, बिक्रेता र साझेदारहरू (युनिसेफ, एनएमबी बैंक, वर्ल्डलिंक, कासा) लाई आयोजकको तर्फबाट आभार व्यक्त क्त गरेका थिए।
दराजले आफ्ना बिक्रेता र ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवाहरू प्रदान गर्न जारी राख्ने प्रतिबद्धतालाई पुन: पुष्टि गर्दै कार्यक्रम समापन गरिएको थियो ।