०४ साउन २०८३, सोमबार

पल शाहको कमब्याक म्युजिक भिडियोका लागि अनु चौधरीले दिइन् स्वर

पल शाहको कमब्याक म्युजिक भिडियोका लागि अनु चौधरीले दिइन् स्वर
तस्वीर : अनु चौधरीको फेसबुकबाट

अभिनेता एवं मोडल पल शाह एक वर्षभन्दा लामो समयको अन्तरालपछि अभिनयमा कमब्याक गर्दैछन् ।

म्युजिक भिडियोबाट अभिनयमा फर्किने उनको तयारी छ । एक वर्षअघिको चर्चित गीत ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनबाट उनले ‘कमब्याक’ गर्ने तयारी गरेका हुन् । उनले उक्त गीतको रेकर्डिङ समेत गराइसकेका छन् । ‘लजालु मायालु’, ‘ए होर माया’ जस्ता हिट गीतकी गायिका अनु चौधरीको स्वरमा पलले उक्त गीत रेकर्डिङ गराएका हुन् । 

पुष्पन प्रधानको शब्द, संगीत र स्वरमा पलले उक्त गीत एक वर्षअघि आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए । उनकै निर्देशन रहेको गीतको भिडियोले युट्युबमा राम्रो भ्युज पाएको छ । 

फिमेल भर्सन पनि आफ्नै निर्देशनमा तयार गर्ने र आफ्नै युट्युबमार्फत सार्वजनिक गर्दै कमब्याक गर्ने पलको तयारी छ ।  

उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएपछि मात्रै पलले अन्य कामहरू गर्नेछन् ।

उनलाई म्युजिक भिडियो र फिल्म खेलाउन चाहनेहरू यतिबेला धेरै देखिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्