×

NMB BANK
NIC ASIA

तनहुँ १ उपनिर्वाचनः नेकपा एसको दाबी, भोट माग्न थालिसक्यो कांग्रेस

चैत ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि मिति घोषणा गरिएसँगै राजनीतिक चहलपहल शुरू भएको छ ।

Muktinath Bank

निर्वाचन आयोगले आगामी वैशाख १० गते तनहुँ-१ सँगै देशैभरका ३ वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन घोषणा गरेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त भएको यो क्षेत्रमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो ।


Advertisment
Nabil box
Kumari

निर्वाचन प्रयोजनका लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुलाई आजदेखि यही चैत १२ गतेसम्म नेपालको संविधानको धारा, २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम दल दर्ता गर्ने समय उपलब्ध गराउने निर्णय भएको छ । 

Vianet communication
Laxmi Bank

उपनिर्वाचनका लागि तनहुँमा चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।

त्यस्तै २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।

उपनिर्वाचनका लागि निर्वाचन कार्यालयले आवश्यक तयारी थालिसकेको छ । निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले उपनिर्वाचनको मिति तोकिएसँगै आवश्यक तयारीका काम शुरू गरिएको जानकारी दिए। 

गत मंसिर ४ गतेसम्म तनहुँ–१ मा एक लाख २३ हजार चार सय ९० मतदाता थिए ।

निर्वाचनमा ६६ हजार नौ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार पौडेल २५ हजार तीन सय १८ मत प्राप्त गरी विजयी भएका थिए। प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेका थिए।

उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व पार्टी सभापति रघुनाथ पौडेल, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल आकांक्षी छन्।

२ पटक पार्टीको केन्द्रीय सदस्य हुँदा पनि आफूले अवसर नपाएकाले यो पटक आफूले टिकट पाउने केन्द्रीय सदस्य भट्टराईले बताए।

भट्टराईले केही दिनअघिदेखि नै गाउँगाउँमा पुगेर मतदाता भेटघाट गर्न थालिसकेका छन्।

'पार्टीका सभापति शेरबहादुर देउवासँग पनि भेट गरिसकेको छु, उहाँले उपनिर्वाचनको तयारी गर्नु भनिसक्नुभएको छ, मैले टिकट पाउनेमा कुनै शंका छैन', उनले भने। 

पूर्वपार्टी सभापति पौडेलले तीन कार्यकाल जिल्लाको नेतृत्व गरेकाले आफूले टिकट पाउनुपर्ने भन्दै लबिङ थालेका छन्।

आफूले अहिलेसम्म अवसर नपाएकाले एकपटक अवसर पाउनुपर्ने भन्दै उनी राजधानीमा नेताहरूसँग भेटघाटमा लागिसकेका छन्। 

संविधानसभा सदस्य पोख्रेलले २०४६ सालदेखि बहुदलीय व्यवस्था आएदेखि नै प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन लड्ने चाहना रहेको बताए। 'अहिलेसम्म मैले प्रत्यक्ष निर्वाचन लड्ने अवसर पाएको छैन, यो पटक नेतृत्वले आफूलाई टिकट दिनेमा विश्वस्त छु', पोख्रेलले भने। 

नेकपा (एमाले) का तर्फबाट राना, रामबहादुर गुरुङ, किरण गुरुङलगायत आकांक्षी छन्।

गत मङ्सिरमा पराजित भएका रानाले पार्टीले निर्णय गरेको खण्डमा उपनिर्वाचनमा उम्मेदवार बन्ने बताए। 

नेकपा (एकीकृत समाजवादी) ले उपनिर्वाचन आफूले टिकट पाउनुपर्ने दाबी गरेको छ।

पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले मङ्सिर ४ गतेको निर्वाचनमा तत्कालीन गठबन्धनलाई विजयी गराउन खेलेको भूमिकाका आधारमा उपनिर्वाचनमा आफूहरूले उक्त सिट पाउनुपर्ने निष्कर्ष निकालेको छ ।

तनहुँ–१ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले गठबन्धनमा उक्त निर्वाचन क्षेत्र छाडेर बारा गएको र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेकाले अब उपनिर्वाचनमा नेकपा (एस)का तर्फबाट उम्मेदवारी दाबी गर्ने निर्णय भएको जिल्ला अध्यक्ष कार्कीले बताए। 

'गत निर्वाचनमा हाम्रो पार्टीले तनहुँमा एक सिट पनि पाएन, तैपनि गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्‍यौँ, उपनिर्वाचनमा हाम्रो सशक्त दाबा रहन्छ', कार्कीले भने। एकीकृत समाजवादीले आवश्यक परेको खण्डमा केन्द्रीय नेतालाई नै उम्मेदवारका रूपमा अगाडि सार्ने निर्णय पनि गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x