१५ असार २०८३, सोमबार

तिब्बेतियनलाई नेपाली नागरिकता दिलाउने गिरोह पक्राउ

तिब्बेतियनलाई नेपाली नागरिकता दिलाउने गिरोह पक्राउ

तिब्बेतियन नागरिकलाई नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

अपराध अनुसन्धान कार्यालयले काडमाडौँको बबरमहलबाट ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा कचनाकवल गाउँपालिका–३ का ४७ वर्षीय कृष्णबहादुर कटुवाल, काठमाडौं–११ बबरमहलका ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङ सुन्दरहरैचा नगरपालिका–३ का ४९ बर्षीय हिरालाल शिवाकोटी, तनहुँ शुक्लागण्डकी नगरपालिका–८ का २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुर गोदावरी नगरपालिका–७ का ३० वर्षीय बिजय लामा छन् ।

अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराइँ, विवाह दर्ता, सम्बन्धविच्छेदजस्ता वडा कार्यालयको सिफारिसलगायत महत्वपूर्ण अन्य विविध कागजातहरू नक्कली बनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्