०९ साउन २०८३, शनिबार

पूर्वराजासँग भेटका लागि राप्रपाका चार शीर्ष नेता झापामा

पूर्वराजासँग भेटका लागि राप्रपाका चार शीर्ष नेता झापामा

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित चार नेताले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका छन् । ज्ञानेन्द्रलाई भेट्न राप्रपाका नेताहरू झापाको दमक पुगेका थिए । 

अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र महामन्त्री डा. धवल शमेशर जबराले पूर्वराजा शाहलाई भेटेका हुन् ।

दुर्गा प्रसाईंले शुरू गरेको नागरिक बचाऊ अभियानको उद्घाटन गर्न झापा पुगेका साह त्यतैबाट भारत भ्रमणमा गएका थिए ।

भारतबाट फर्केका पूर्वराजाले राप्रपा नेताहरूसँग छलफल गरेका हुन् । 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजासँगको भेट नियमित भएको जानकारी दिए । 

‘हामी राजसंस्थाको मुद्दा बोक्ने पार्टी भएकाले पूर्वराजासँगको भेटघाट नियमित नै भयो,’ श्रेष्ठले भने, ‘अध्यक्षज्यू अस्तिदेखि नै झापामा हुनुहुन्थ्यो । अरू नेताहरू पूर्वराजासँगको भेटका लागि आज जानुभएको हो ।’

salt training

कमेन्ट गर्नुहोस्