जेठ २४, २०८०
नक्कली शरणार्थी प्रकरणका मुख्य अभियुक्तमध्ये एक मानिएका केशव दुलालका वकिलहरूले उनी आफैं पीडित रहेको जिकिर गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा दुलालका तर्फब...
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित चार नेताले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका छन् । ज्ञानेन्द्रलाई भेट्न राप्रपाका नेताहरू झापाको दमक पुगेका थिए ।
अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र महामन्त्री डा. धवल शमेशर जबराले पूर्वराजा शाहलाई भेटेका हुन् ।
दुर्गा प्रसाईंले शुरू गरेको नागरिक बचाऊ अभियानको उद्घाटन गर्न झापा पुगेका साह त्यतैबाट भारत भ्रमणमा गएका थिए ।
भारतबाट फर्केका पूर्वराजाले राप्रपा नेताहरूसँग छलफल गरेका हुन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजासँगको भेट नियमित भएको जानकारी दिए ।
‘हामी राजसंस्थाको मुद्दा बोक्ने पार्टी भएकाले पूर्वराजासँगको भेटघाट नियमित नै भयो,’ श्रेष्ठले भने, ‘अध्यक्षज्यू अस्तिदेखि नै झापामा हुनुहुन्थ्यो । अरू नेताहरू पूर्वराजासँगको भेटका लागि आज जानुभएको हो ।’
नक्कली शरणार्थी प्रकरणका मुख्य अभियुक्तमध्ये एक मानिएका केशव दुलालका वकिलहरूले उनी आफैं पीडित रहेको जिकिर गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा दुलालका तर्फब...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी विरुद्धको र...
नक्कली शरणार्थी प्रकरणमा चौथो दिनको सुनुवाइका क्रममा प्रतिवादी केशव दुलालका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहसको शुरूआत गरे । दुलाल कसूरदार नभएर उल्टै पीडित भएको उनको जिकिर थियो । ठगीको परिभाषा भित्र पर्नुप...
नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेको आरोप लगाएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले सोमवारको बैठकमा प्रधा...
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा खसेर बेपत्ता सीटीईभीटीका कर्मचारी चढेकोे गाडी र २ जनाको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले फेला पारेको छ । बेपत्तामध्ये १ जना भने फ...
संघीय संसद्अन्तर्गत आज दुवै सदनको अलग-अलग बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेबाट शुरू हुनेछ । प्रतिनिधि सभामा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांस...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...