२४ जेठ २०८३, आइतबार

फागुनसम्ममा १० खर्बको सामान भित्रियो, आयात घटाउन खोज्दा निर्यातमा धक्का

फागुनसम्ममा १० खर्बको सामान भित्रियो, आयात घटाउन खोज्दा निर्यातमा धक्का

चालू आर्थिक वर्षको पहिलो ८ महिना अर्थात फागुनसम्ममा १० खर्ब ५८ अर्ब रुपैयाँको आयात भएको छ ।

भन्सार विभागले बुधवार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा आयात १९ प्रशितले घटेको भए पनि यसको असर निर्यातमा समेत परेको छ । 

गत वर्ष यो अवधिसम्ममा १३ अर्ब ८ अर्बको आयात भएको थियो । यो वर्ष १९ प्रतिशतले घटेको छ । सरकारले आयात घटाउने विभिन्न उपाय लगाउँदा त्यसको असर नेपालबाट हुने निर्यातमा पनि देखिएको छ । यो वर्षको ८ महिनामा निर्यात २९ प्रतिशतले घटेको छ । 

फागुनसम्मा १ खर्ब ४ अर्बको मात्रै निर्यात भएको छ । यस्तो निर्यात गत वर्षको सोही अवधिमा १ खर्ब १६ अर्ब रुपैयाँ पुगेको थियो । 

आयात बढेको र निर्यात घटेको कारण नेपालको व्यापार घाटा ८ महिनामा ९ खर्ब ५३ अर्ब रुपैयाँको छ । यस्तो घाटा भने गत वर्षको तुलनामा १७ प्रतिशतले घटेको देखिएको छ ।

नेपालबाट हुने निर्यातको हिस्सा जम्मा ९ प्रतिशतको छ भने आयातको हिस्सा ९० प्रतिशत रहेको पनि तथ्यांकले देखाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्