
जनकपुर उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष र सचिव ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
जनकपुरधामकै एक होटलबाट उनीहरू पक्राउ परेका हुन्।
जनकपुरको विवाह मण्डप पछाडि रहेको रोहन होटलबाट वडाध्यक्ष अर्जुन चौधरी र वडासचिव माधव राय घुससहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
अख्तियारका डीएसपी सुभाष राय नेतृत्वको टोलीले उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।