०८ साउन २०८३, शुक्रबार

आजदेखि धनगढीमा खप्तड गोल्डकप फूटबल प्रतियोगिता हुँदै

आजदेखि धनगढीमा खप्तड गोल्डकप फूटबल प्रतियोगिता हुँदै

धनगढी रंगशालमा बिहीवारदेखि अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फूटबल प्रतियोगिता हुँदैछ ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ ।

प्रतियोगिताको पहिलो दिन बिहीवार हुने उद्घाटन खेलमा नेपाल एपीएफ क्लब काठमाडौं र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा मनाङ मस्र्याङ्दी, थ्री स्टार, खुमलटार एफसी, सुदूरपश्चिम–११, नेपाल प्रहरी, एपीएफ, बागमती युवा क्लब, एभिनियर क्यामरुन लगायत १० फूटबल टीमले प्रतिस्पर्धा गर्न लागेका छन् ।

प्रतियोगिता हेर्नका लागि विद्यार्थीको हकमा १०० र अन्यका लागि १५० रुपैयाँ टिकट दर तोकिएको छ । प्रतियोगिताका विजेतालाई २१ लाख र उपविजेतालाई १० लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई १५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिताका सबै प्रतिस्पर्धामा ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई १० हजार रुपैयाँका दरले पुरस्कार दिइने जनाइएको छ । धनगढी रंगशालमा विक्रम संवत् २०७३ सालमा खप्तड गोल्डकपको पहिलो संस्करण भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्