भारतको गुजरातस्थित सुरतमा रहेको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको कैद सजायको फैसला दिएको छ ।
सन् २०१९ मा उनीविरुद्ध दायर गरिएको फौजदारी मानहानिको मुद्दामा उनलाई दोषी ठहर गरी सजाय दिइएको हो ।
प्रमुख न्यायिक मजिस्ट्रेट एचएच वर्माले राहुललाई भारतीय दण्ड संहिताको धारा ४९९ र ५०० अन्तर्गत दोषी ठहर गरेका हुन् ।
उनलाई उच्च अदालतमा पुनरावेदन गर्नका लागि ३० दिनसम्म सजाय निलम्बन गरिएको छ र धरौटी राख्न पाउने सुविधा पनि दिइएको छ ।
आफूविरुद्ध जिाय सुनाइँदा राहुल सुरत अदालतमा उपस्थित थिए ।
राहुल गान्धी दुई वर्षका लागि कारागार गएमा लोकसभा सदस्य पदबाट बर्खास्त हुनेछन् । उनीविरुद्धको सजायलाई उच्च अदालतले उल्ट्याइदिए मात्र उनको लोकसभा सदस्य पद बहाल रहन्छ ।