२४ असार २०८३, बुधबार

युक्रेनको पुनर्निर्माणका लागि ४११ अर्ब डलर खर्च लाग्ने

चैत ९, २०७९
युक्रेनको पुनर्निर्माणका लागि ४११ अर्ब डलर खर्च लाग्ने

युद्धका कारण क्षतिविक्षत बनेको युक्रेनको पुनर्निर्माणका लागि लगभग ४११ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ । 

युक्रेन सरकार, विश्व बैंक, युरोपेली आयोग र संयुक्त राष्ट्रसंघले मिलेर गरेको मूल्यांकनमा यस्तो अनुमान गरिएको हो । 

महत्त्वपूर्ण तथा प्राथमिकतामा रहेका पुनर्निर्माण लगानीमा यो वर्ष मात्र १४ अर्ब डलर खर्च हुनेछ । सरकारले यसका लागि छुट्ट्याएको बजेटका साथै ११ अर्ब डलर बाह्य लगानी आवश्यक पर्नेछ । 

‘ऊर्जा पूर्वाधार, आवास, महत्त्वपूर्ण पूर्वाधार, अर्थतन्त्र र मानवीय डिमाइनिङ यस वर्षका हाम्रा पाँच प्राथमिकता हुन्,’ युक्रेनका प्रधानमन्त्री डेनिस श्मिगलले बयान जारी गरेर बताए । 

यही समूहले गत सेप्टेम्बर महिनामा गरेको मूल्यांकनभन्दा अहिलेको रकम ६० अर्ब डलर बढी हो । 
 

salt training

कमेन्ट गर्नुहोस्