२०२२ को कतार विश्वकप फुटबलको उपाधि जितेपछि अर्जेन्टिनाले भोलि पहिलो खेल खेल्ने भएको छ ।
अर्जेन्टिनाले मध्य अमेरिकी देश पानामासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यो खेल नेपाल समयअनुसार शुक्रबार बिहान ५ बजेर १५ मिनेटमा शुरू हुनेछ ।
अर्जेन्टिनाले कतार विश्वकपको फाइनलमा फ्रान्ससलाई ट्राइबेकरमा पराजित गर्दै विश्वकप जितेको थियो । विश्वविजेता टोलीका कप्तान लियोनेल मेसीले यो खेलमा २ गोल गरे राष्ट्रिय टिमका लागि १०० गोलको संख्या पुर्याउनेछन् ।
मेसीले १७२ खेलमा ९८ गोल गरिसकेका छन् । मेसीप्रेरित अर्जेन्टिनाका लागि कतार विश्वकपमा उनले ७ गोल गरेका थिए ।
समूह चरणदेखि फाइनलसम्म सनसनीपूर्ण प्रदर्शन गरेका मेसीले विश्वकपको उत्कृष्ट खेलाडी जित्दै गोल्डेन बल हात पारेका थिए ।
पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोलले हार्नुका बाबजुद अर्जेन्टिनाले विश्वकपको उपाधि नै जितेको थियो ।