२५ असार २०८३, बिहीबार

एक वर्षमा २ हजार ८ सय बालबालिका बेपत्ता, हराउनेमा बालिका धेरै

कात्तिक २०, २०७४
 एक वर्षमा २ हजार ८ सय बालबालिका बेपत्ता, हराउनेमा बालिका धेरै

काठमाडौं, १३ भदौ–गत आर्थिक वर्षमा नेपालमा दुई हजार भन्दा बढि बालबालिका हराएका पाइएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/७४ को असार मसान्त सम्ममा देशभरबाट २ हजार ५२ जना बालबालिका हराएका हुन् । गत आर्थिक वर्षमा बालबालिका खोजतलास समन्वय केन्द्रमा २ हजार ७ सय ७२ जना बालबालिका हराएको सूचना पाप्त भएकोमा ७ सय २० जना बालबालिका फेला परे पनि २ हजार ५२ जना बालबालिका अझैसम्म वेपत्ता रहेको केन्द्रले जनाएको छ ।

एक वर्षको अवधिमा मध्यमाञ्चल विकास क्षेत्रमा मात्रै १ हजार ५३ जना बालबालिका हराएका थिए । जसमध्ये ३ सय ९२ बालबालिका फेला परेका छन् भने ६ सय ६१ जना बालबालिका अझै हराइरहेका छन् । हराउने बालबालिकामा काठमाडौं उपत्यकाका मात्रै ३ सय ११ जना थिए । भने भेटिने मध्यमा पनि २ सय ४५ जना उपत्यका भित्रैका थिए ।

यस्तै पूर्वाञ्चल विकास क्षेत्रमा ५ सय १९ जना बालबालिका हराएकोमा ७४ जना मात्र भेटिएका छन् भने पूर्वाञ्चलका ४ सय ४५ जना बालबालिका भेटिएका छैनन् । १६ बर्ष उमेर सम्मका बालबालिको केन्द्रले खोजी गर्ने गरेको छ ।

यस्तै पश्चिमाञ्चलमा ३ सय १२ जना हराएकोमा ५६ जना फेला परेको र २ सय ५६ जना बेपत्ता छन् । मध्यपश्चिमाञ्चलमा पनि ६ सय १६ बालबालिका हराएकोमा १ सय २५ जना भेटिएका थिए भने ४ सय ९१ हजा वेपात्ता छन् ।

सुदूर पश्चिमाञ्चलमा २ सय ७२ जना बालबालिका हराइरहेकोमा ७३ जना मात्रै भेटिएको र अझै १ सय ९९ जना बालबालिका हराइरहेका छन् ।

बालक भन्दा बालिका बढी

हराइरहेकाहरुमा बालक भन्दा बालिका बढि रहेको बालबालिका खोजतसाल समन्वय केन्द्रका अधिकृत सन्तोष अधिकारीेले जानकारी दिए । ‘देशभरको तथ्याङ्कलाई हेर्दा बालक भन्दा बालिका धेरै हराइरहेका छन् । अघिल्लो वर्षमा १ हजार ७ सय २५जना बालिका हराएका थिए । उनिहरु मध्य ३ सय ६७ जना मात्रै फेला परेका छन्,’ लोकान्तरसँगको कुराकानीमा अधिकारीले भने, ‘१ हजार ४७ हजा बालक हराएकोमा हामीले ३ सय ५३ जना भेटाएका छौ ।’ अझै हराइरहेकाहरुमा १ हजार ३ सय ५८ जना बालिका र ६ सय ९४ बालक रहेको उनको भनाइ छ ।



हराइरहेका बालबालिकाहरुको खोजी जारी रहेको उनले बताए । ‘हाम्रो काम भनेको हराएका बालबालिकाहरुको खोजी गरी उनिहरुको संरक्षण र पुर्नस्थापना गर्नु हो । बालबालिका हराएमा देशभरका प्रहरी कार्यलय र सोझै यहाँ पनि निवेदन आउछन्,’ उनले भने । अधिकारीका अनुसार हराइरहेका बालबालिकाहरुको प्रहरी, बालबालिकासंग संबन्धित विभिन्न कार्यलय र संघ संस्थाहरु मार्फत पनि खोजी हुने गरेको छ । ‘भेटिएका बालबालिकालाई अभिभावकको जिल्मा लगाउछौं । यदि अभिभावक भेटिएन भने बालबालिका सम्बन्धी संघसंस्था तथा संरक्षण गृहमा पठाउँछौं,’ उनले भने ।

कसरी हराउँछन् बालबालिका ?

बालबालिका खोजतलास केन्द्रका अधिकृत अधिकारीका अनुसार नेपालमा पारिवारीक वातावरण राम्रो नपाउँदा बालबालिका हराउने गर्छन् । घरमा बालबालिकाले चाहेजस्तो वातावरण पाएनन् भने बालबालिका घर छोडेर हिँड्ने खोजतलास केन्द्रको अध्ययनले देखाएको छ ।

यस्तै परिवारको आर्थिक अवस्था कमजोर हुँदा, अभिभावक विदेशीने कारण, परिवारमा बालमैत्री वातावरण नहुँदा, सौतानी आमा भएको कारण र धेरै बालबालिका भएका घरका बालबालिका हराउने गरेका छन् । घरमा राम्रो वातावरण र माया नपाउँदा आफैं घर छोडेर हिँड्ने बालबालिकाहरु पनि हुन्छन् ।

‘झुक्किएर हराएका बालबालिका भेटिन सक्छन् उनिहरुको पुर्नस्थापना गर्न पनि सहज हुन्छ तर जानी जानी हराएका र घर छोडेका बालबालिका भेटाउन र भेटिहालेपनि पुनस्र्थापना गर्न कठिन छ,’ अधिकारीले लोकान्तरसँग भने । यसरी भागेर हिँडने बालबालकिा घरेलु श्रमिक, फ्याक्ट्री र यातायात क्षेत्रमा मजदुरी गर्ने गरेका छन् ।

आफैं घर छोडर हिड्ने बालबालिकालाई प्रहरीले भेटाए पनि आफ्नो नाम ठेगामा गलत बताएदिँदा उनीहरुलाई घर फर्काउन समस्या हुने गरेको छ । कतिपय बालबालिका त बालगृहबाट समेत भाग्ने गरेका उद्धारमा खटिएकाको अनुभव छ । धेरैजस्तो वेवारिसे बालबालिकाहरु सडकमा नै बस्न रुचाउने हुँदा उनीहरुको पुनस्र्थापनामा समस्या रहेको उद्दारमा संलग्न व्यक्तिहरु बताउँछन् ।

वेवारिसे बालबालिकाको पुर्नस्थापना

बालबालिका खोजतलास समन्वय केन्द्रले सडकमा वेवारिसे रुपमा फेला परेका बाबालिकाहरुको पनि पुर्नस्थापना गर्ने गरेको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७३/७४ मा देशभरबाट ४ सय ७९ जना वेवारीसे बालबाबालिको उद्धार गरिएको छ । जस मध्ये ३ सय ७ जनाको अभिभावकको जिम्मा लगाइएको छ भने १ सय ६० जना बालबालिका विभिन्न बालसंरक्षण गृहमा रहेका छन् ।

संरक्षण गृहमा रहेका बाबालिकाको अभिभावक सम्र्पकमा नआएमा उनीहरुलाई विभिन्न संघसंस्था मार्फत संरक्षण तथा पुर्नस्थापना गर्ने गरिएको छ । वेवारिसे बालबालिका १८ वर्ष पुरा भएपछि संरक्षण गृहबाट नयाँ नाम र सरकारबाट नागरिकता समेत दिलाउने व्यस्था छ ।

गत आर्थिक वर्षमा १२ जना वेवारीसे बालबालिका संरक्षण गृहबाटै हराइरहेको र उनीहरुको खोजी भइरहको केन्द्रले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्