१५ असार २०८३, सोमबार

नवनियुक्त आईजीपी कुँवरलाई आज दर्ज्यानी चिह्न प्रदान गरिँदै

नवनियुक्त आईजीपी कुँवरलाई आज दर्ज्यानी चिह्न प्रदान गरिँदै
फाइल तस्बिर

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिँदैछ ।  गृह मन्त्रालयमा आयोजित एक समारोहका बीच कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गर्न लागिएको हो । दिउँसो १ बजे मन्त्रालयमा कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  

लगत्तै उनले पदभार सम्हाल्नेछन् ।  शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी कुँवरलाई आईजीपीमा बढुवा गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्