०४ साउन २०८३, सोमबार

काठमाडौंमा नेपाली सेना र अमेरिकी सेनाबीच द्विपक्षीय सैन्य छलफल हुने

काठमाडौंमा नेपाली सेना र अमेरिकी सेनाबीच द्विपक्षीय सैन्य छलफल हुने
फाइल फोटो

नेपाली सेना र अमेरिकी सेनाबीच द्विपक्षीय सैन्य छलफल हुने भएको छ । छलफल सोमवारदेखि बुधवारसम्म काठमाडौंमा हुने नेपाली सेनाले जनाएको छ ।

'बाइल्याटरल ल्यान्ड फोर्सेस' नामक यस छलफल अघिल्लो वर्ष अमेरिकाको हवाईमा भएको थियो ।

यसपटक शान्ति स्थापना, मानवीय सहायता र विपद् व्यपस्थानलगायतका विषयमा तालिम र छलफल हुने कार्यसूची छ ।

यसका लागि सम्बन्धित सम्पूर्ण निकायहरूसँग आवश्यक समन्वय र तयारी पूरा भइसकेको नेपाली सेनाले जनाएको छ ।

छलफलमा नेपाल सरकार परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सह-सचिव/उप सचिवहरूका साथै नेपाली सेनाका रथीवृन्द एवं अधिकृतहरू समेटिएको १४ सदस्यीय टोली सहभागी  हुनेछ ।

टोलीको नेतृत्व उपरथि अशोकराज सिग्देलले गर्नेछन् ।

अमेरिकी सेनाको प्यासिफिक कमान्डका तर्फबाट डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्