०९ साउन २०८३, शनिबार

जुम्लामा कालीमार्सी धानको बीउ राख्न सार्वजनिक बिदा

जुम्लामा कालीमार्सी धानको बीउ राख्न सार्वजनिक बिदा

जुम्लाका किसानलाई यो याममा कालीमार्सी धानको बीउ राख्ने चटारो परेको छ ।  यहाँका किसानले मार्सीधानको बीउ राख्ने चैत १२ भएकाले कर्णाली प्रदेश सरकारले विशेषगरी जुम्लामा आज सार्वजनिक बिदासमेत  दिएको छ ।

 जुम्ली किसानहरू आज आफ्नो कृषि क्यालेन्डरअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाइरहेको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी सत्यदेवी पाण्डेको भनाइ छ ।

कालीमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते बेर्ना राख्ने परम्परा रहिआएको यहाँका स्थानीयवासी बताउँछन् । जिल्लामा करिब दुई हजार आठ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्