१९ असार २०८३, शुक्रबार

अमेरिका : डुबेको सिलिकन भ्याली बैंकलाई किन्यो फर्स्ट सिटिजन्सले

चैत १३, २०७९
अमेरिका : डुबेको सिलिकन भ्याली बैंकलाई किन्यो फर्स्ट सिटिजन्सले

फर्स्ट सिटजन्स बैंकशेयर्स इन्कले संकटग्रस्त सिलिकन भ्याली बैंक किनेको छ । 

अमेरिकी अधिकारीहरूले सिलिकन भ्याली बैंकलाई सीज गरेपछि फर्स्ट सिटिजन्सले सिलिकनका डिपोजिट, लोन र ब्रान्च सबै किनेको छ । अमेरिकी नियामक निकाय फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले यसको जानकारी दिएको छ । 

एफडीआईसीका अनुसार, सिलिकनसँग लगभग १६७ अर्ब डलर सम्पत्ति थियो भने कुल डिपोजिट ११९ अर्ब डलर थियो । फर्स्ट सिटिजन्सले डिस्काउन्टमा गरी सिलिकनको ७२ अर्ब डलरको सम्पत्ति किनेको हो । 

सिलिकनको लगभग ९० अर्ब डलरको सिक्योरिटीज र अन्य सम्पत्ति चाहिँ एफडीआईसीको रिसिभरशिपमा रहनेछ । 

डिपोजिटरहरूको सुरक्षाका लागि एपडीआईसीले सिलिकनको सबै डिपोजिट र सम्पत्ति ब्रिज बैंकमा ट्रान्सफर गरेको छ । त्यसलाई एफडीआईसी आफैंले चलाउँछ । 

ब्रिज बैंकका १७ वटा शाखा सोमवारदेखि फर्स्ट सिटिजन्स बैंकका रूपमा सञ्चालन गरिनेछन् । सिलिकनमा पैसा राख्नेहरूको नगद स्वतः फर्स्ट सिटिजन्समा सारिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्