०४ असार २०८३, बिहीबार

१० केजी चरेससहित पर्साबाट १ जना पक्राउ

१० केजी चरेससहित पर्साबाट १ जना पक्राउ
फाइल तस्वीर

इलाका प्रहरी कार्यालय पोखरियाले १० केजी लागुऔषध चरेसहित १ जनालाई पक्राउ गरेको छ । 

पर्साको कालिकामाई गाउँपालिका–१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेश प्रसाद कुर्मीलाई अवैध लागुऔषध चरेस आन्दाजी १० केजीसहित प्रहरीले पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोहन विक्रम केसीको कमान्डमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परीमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्