१० साउन २०८३, आइतबार

इम्बोस्ड नम्बर प्लेटमा फेरि चलखेलको संकेत, अब नेपालीमा राख्ने व्यवस्था गर्दै सरकार

इम्बोस्ड नम्बर प्लेटमा फेरि चलखेलको संकेत, अब नेपालीमा राख्ने व्यवस्था गर्दै सरकार

बंगलादेशी कम्पनी डुकाटुर टाइगरले ठेक्का पाएको इम्बोस्ड नम्बर प्लेटमा फेरि चलखेल हुन लागेको संकेत देखिएको छ ।

अंग्रेजीमा राखिएको यस्तो नम्बर प्लेट विवादमा आएको, समयमा नै उपलब्ध हुन नसकेको र सरकारले सेटिङमा ठेक्का दिएको भन्दै विरोध हुने गरेको छ ।

नेपालका सवारी साधनमा जडान गरिने भएकाले नेपालीमा इम्बोस्ड नम्बर राख्ने व्यवस्था हुनुपर्ने माग राखिएको भए पनि अदालतले अंग्रेजीमा राख्ने व्यवस्थालाई नै स्वीकृति दिएको थियो । तर, अहिले फेरि सरकारले नेपालीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यसअघि विविध कारणले अंग्रेजीमा राखिएको इम्बोस्ड नम्बरलाई अब नेपालीमा पनि राख्ने कार्ययोजना अगाडि बढेको बताए ।

उनले भने, ‘नेपालीमा इम्बोस्ड नम्बर राख्न सम्बन्धित एजेन्सीसँग छलफल भइरहेको छ । त्यसको कार्ययोजनालाई तीव्रता दिने तयारी भइरहेको छ । सरकारले छिट्टै इम्बोस्ड नम्बरलाई नेपालीमा पनि राख्ने छ ।’ 

सरकारले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न ५ वर्षअगाडि नै बंगलादेशी कम्पनीलाई छपाइको ठेक्का दिएको थियो । उक्त कार्य अहिलेसम्म न्यून रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्